झापा,फागुन १ । संखुवासभामा सेनाको नयाँ भैरवी दल गुल्मले महाशिवरात्री तथा सेना दिवसको अवसरमा वृद्धाश्रममा खाद्यान्न र महेन्द्र माविका सुस्त श्रवण केन्द्रका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।गुल्मले मनकामना वृद्ध आश्रमका करिब ३० वृद्धवृद्धालाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण गरी सामूहिक भोजन खुवाएको गुल्मपति रामबहादुर थापाले बताए । महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका सुस्त श्रवण केन्द्रका २० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा ट्य्राकसुट वितरण गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्