झापा, फागुन २ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सङ्गीतमा ‘मन त्यतै कतै भुलेछु कि’ गीत सार्वजनिक भएको छ । गीतको भिडियो विश्वप्रकाशको युट्युब च्यानल विश्वप्रकाश शर्मा अफिसिएलबाट सार्वजनिक भएको हो ।
गीतमा प्रमोदहरि गुरागाईंले शब्द रचना तथा प्रमोद खरेलले स्वर भरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियना आचार्यको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्