कुमरखोद, फागुन २ । नेपाल राष्ट्रिय शिक्षक संगठन झापा गाउँपालिकाको अध्यक्षमा पदमप्रसाद अधिकारी चयन भएका छन् ।

झापा गाउँपालिका वडा नं २ स्थित त्रिभुवन आधारभूत विद्यालयमा भएको शिक्षक संगठनको तेस्रो अधिवेशनले अधिकारीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुरज यादव , महिला उपाध्यक्ष प्रतिमा राई , सचिव कृष्टो उराव , सह–सचिव लोकमाया पकवाल , कोषाध्यक्ष केदार विश्वकर्मा तथा सदस्यहरुमा जंगबहादुर वुढा र लक्ष्मीप्रसाद काफ्ले चयन भएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन झापा गाउँपालिका अध्यक्ष टिका कट्टेलको अध्यक्षता तथा शिक्षक संगठन झापाका अध्यक्ष द्रोण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिल्लीराज माविका प्रधानाध्यापक गोपीप्रसाद पराजुली , बर्मालाल शर्मा उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए । भक्तबहादुर बानियाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पदमबहादुर अधिकारीले गरेका थिए ।