बिर्तामोड,फागुन २ । शिक्षासेवी हरिकुमार प्रसाईंको संझनामा एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा संचालन भइरहेको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा बाल्मीकि र निदि स्कुल प्रवेश गरेका छन् ।

आज भएका पहिलो र दोस्रो क्वाटरफाइनल खेलमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै बाल्मीकि र निदि स्कुल बिजयी भएका हुन् ।
आजको पहिलो क्वाटरफाइनल खेल न्यूटन्स र बाल्मीकिबिच भएको थियो । सो खेलमा ७–० को फराकिलो गोल अन्तरले बाल्मीकि बिजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच दर्पण गुरुङ भए । जसले ह्याट्रिक गरेका थिए ।
त्यस्तै आजको दोस्रो क्वाटरफाइनल खेलमा निदि स्कुल विजयी भएको छ । सुनगाभा स्कुललाई ३–० गोल अन्तरले हराउँदै निदि सेमिफाइनलमा प्रवेश गरेको हो । सो खेलको म्यान अफ द म्याच निदिका प्रज्वल बास्कोटा घोषित भए ।
आइतवार तेस्रो र अन्तिम क्वाटरफाइनल खेल हुनेछन् । तेस्रो क्वाटरफाइनल खेल इष्ट होराइजन र सूर्योदय तथा अन्तिम क्वाटरफाइनल खेल एभरेष्ट र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलबिच हुनेछ । फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको छ ।