झापा,फागुन ३ । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ । जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी लगायतको उपस्थितिमा वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो । वनक्षेत्रमा निर्माण गरिएका संरचना हटाउन वन कार्यालयले पटकपटक अनुरोध गर्दासमेत उनीहरू अटेर गरेर बसेका थिए । पछिल्लो समय ३५ दिने सूचना प्रकाशन गरेर हट्न भने पनि प्रगति नमुना सामुदायिक वनको त्यस स्थानमा बसोबास गर्दै आएकाहरुले अटेर गरेका थिए । सुरक्षा बलको सहयोगमा अहिलेदेखि उनीहरूलाई हटाउन थालिएको डिभिजन वन कार्यालय झापाका प्रमुख राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्