झापा, फागुन ३ । झापाको कचनकवल –६ कमलबस्तीमा भीषण आगलागी भएको छ ।

आज राति ८ बजेतिर कमल खतिवडाका छोरा चेतन खतिवडाको माथिल्लो तला काठ र तल्लो तला पक्की भएको दुईतले घरमा आगलागी भइरहेको हो । पुजा कोठाबाट अचानक आगो सल्किएको आशंका गरिएको छ । आगो निभाउन तीनवटा दमकल , सुरक्षाकर्मी खटिरहेका छन् ।

भद्रपुर , बिर्तामोड र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीय आगो निभाउन लागिपरेपनि अझै आगो नियन्त्रणमा आइनसकेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । आगो निभाउनेक्रममा दुईजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीबाट ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
