झापा, फागुन ४ । झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

गएराति १२ः१५ बजे अर्जुनधारा नगरपालिका वडा न.११ स्थित अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा– ११ बस्ने अन्दाजी २९ वर्षीय मनिष प्रधान र सोही ठाउँका अन्दाजी ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो साँझ ५ बजे झापा गाउँपालिका वडा न. ४ टाघनडुब्बामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदैं गरेका मोरङ पथरी शनिश्चरे ८ बस्ने २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान कार्य कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्