झापा, फागुन ४ । लागूऔषध ब्राउनसुगरसहित झापा गाउँपालिकाका दुई जना पक्राउ परेका छन् ।

आज दिउँसो ४ः२० बजे झापा गाउँपालिका –५ पन्थापाडामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले मे ३ प २०६६ नं. को मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने बर्ष २५ का तोफिजुल अली र बर्ष २० का चान मोहम्मदलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई प्रहरी चौकी शरणामतिमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्