झापा, फागुन ५ । बिर्तामोड नगरपालिका –२ चारपानेस्थित सांगवेद संस्कृत माध्यमिक विद्यालयको करिब चार विगाहको पराल जलेर नष्ट भएको छ ।

आज बिहान १०.३० बजे विद्यालयले गौशालाको लागि भण्डारण गरी राखेको करिब चार विगाहको परालको कुन्यूमा नजिकैको रहेको भान्साघरबाट आगो सल्किएको थियो । आगलागीबाट करिब १ लाख बराबरको क्षति भएको छ ।
बिर्तामोड र मेचीनगर नगरपालिकाको २ वटा दमकल र स्थानीयको सहयोगमा दिउँसो १२ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।