झापा,फागुन ६ । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशन दिएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका सबै मन्त्रालयले अनिवार्य रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। स्वदेशी वस्तुको प्रयोग लागि प्रदेश तथा स्थानीय तहलाई कार्यान्वयनको लागि अनुरोध गर्ने निर्णय भएको छ । बैठकले डिजिटल शासन, सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा प्रशासनिक सुधारका विषयमा पनि निर्णय भएको छ। सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप कार्यान्वयनमा ल्याइएको नागरिक एपमार्फत छिटो छरितो सेवा दिने प्रबन्ध सबै मन्त्रालय र विभाग र कार्यालयले गर्ने गराउने र समयमै सेवा प्रवाह र निर्णय भए नभएको सन्दर्भमा केन्द्रीय निकाय र राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने निर्णय भएको छ।
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू आर्थिक वर्ष २०८२÷८३ देखि सबै सरकारी कार्यालयमा क्युआर कोड सहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ०८१ पौषमै लागू गर्ने निर्णय भई सकेकोको सन्दर्भमा डिजिटल हस्ताक्षरको व्यवस्था गृह मन्त्रालयले गर्नेछ भने अन्य प्राविधिक पक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले व्यवस्थापन गर्ने तथा विद्युतीय सुशासन बोर्डले अन्य प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्