झापा, फागुन ६ । पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिँदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न फिदिममा चिया महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा पॉचथर, इलाम र ताप्लेजुङसहित विभिन्न स्थानमा उत्पादन भएको अर्थोडक्स चियाको प्रदर्शनी भइरहेको छ । प्रदर्शनीको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि चिया अभियन्ता एवं पूर्व गृह राज्य मन्त्री दिपकप्रकाश वास्कोटाले चिया चाखेर गरेका हुन् ।

लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्था फिदिमको आयोजना, फिदिम नगरपालिकाको प्रवद्र्धन र पर्यटन तथा वातावरण कार्यालय काकडभिट्टाको सहयोगमा गरेको आयोजक संस्थाका अध्यक्ष टङ्कप्रसाद राईले बताए ।

राईका अनुसार महोत्सवमा विभिन्न स्थानमा उत्पादन भएको चियाको प्रदर्शनी, स्वाद चाख्ने, विक्री वितरण यस्तै चियाको बहु आयामिक पक्षमा अन्तर सम्वाद (प्यानल डिस्कस) लगायतका क्रियाकलाप कार्यक्रममा समेटिएको छ ।

महोत्सवले चियाको प्रवद्र्धन, बजारीकरण, संस्कृति जगेर्ना जस्ता विषयमा मदत पु¥याउने आयोजकको दाबी छ । कार्यक्रममा देश विदेशका चिया विज्ञहरुको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्