झापा, फागुन ६ । बेहोस भएर लडेका झापा दमकका एक व्यक्तिको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा न.२ बस्ने अन्दाजी ३५ वर्षका रामप्रसाद धिमाल अचानक बेहोस भई ढलेकोमा उपचारको लागि खरखरे आम्दा अस्पताल ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
स्थानीय चन्द्रबहादुर राईको घरमा समय समयमा आउजाउ गरी काम गरी खाँदै बस्दै आएका धिमाल आइतवार साँझ बेहोस भएर ढलेका थिए । उनलाई उपचारको लागि खरखरे आम्दा अस्पताल लगिएको थियो ।
राति ९ः२० बजे उनको मृत्यु भएपछि हिजो बिहान इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर कानुनी प्रकृया पूरा गरेको थियो । धिमालले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ ।