
झापा, फागुन ४ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको संस्कार इङ्लिस बोर्डिङ स्कुलले आफ्नो आठ औँ वार्षिक उत्सवको अवसरमा बृहत स्वास्थ्य शिविर तथा ‘फुट फन फेस्टिवल’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
विद्यालय सेवा क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका लगायत आम नागरिक को स्वास्थ्य परीक्षण गरिने विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापक आशिष बस्नेतका अनुसार विद्यालय परिसरमै हुने शिविरमा डाक्टर प्रियंका कटवाल ले स्त्री रोग तथा पाठेघरको क्यान्सर सम्बन्धी ब्रिफिङ गर्ने छन् ।
यस्तै बालरोग विशेषज्ञ डाक्टर अनिल थापा, जेनेरल फिजिसियन डाक्टर अनुपम घिमिरे, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर दिनेश मित र नाक, कान घाँटी रोगका बिरामी का लागि डाक्टर प्रवेश कार्कीले स्वास्थ्य परीक्षण गर्नेछन् ।
संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयको यो कार्यक्रमलाई स्थानीय मेची हेल्थ फार्मेसी ले पनि सघाउने भएको छ ।
फागुन १० गते बिहानदेखि भएको यो शिविर मा सहभागी भएर आफ्नो स्वास्थ्य परीक्षण गर्न गराउन विद्यालय प्रशासनले आम नागरिकलाई अनुरोध गरेको छ । विद्यालयको वार्षिक उत्सवको अवसरमा फागुन ११ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने पनि सो विद्यालयले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ । कम्तिमा साढे ४०० विद्यार्थी अध्ययन गर्ने यो विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
नेपाली समाजमा सदियौंदेखि चल्दै आएका भाषा, विभिन्न जातजातिका भेषभुषा, शैली, रीतिरिवाज, परम्परा र उपभोग्य वस्तुको उपभोग र प्रयोग गर्न विद्यार्थीलाई संस्कार सिकाउँदै आइरहेको छ । विद्यार्थीलाई सिकाएको संंस्कारकै कारण छोटो समयमा विद्यालयले पुर्वाधार, शैक्षिक गुणस्तर र उत्तिर्ण दरमा फड्को मारेको स्थानिय अभिभावकले बताएका छन् ।
स्थापनाको छोटो समयमा विद्यालयले प्राप्त गरेको उपलब्धिलाई अभिभावक र सरोकार राख्ने सरकारी तथा गैर सरकारी संघ संस्था सम्म पुर्याउनका का लागि कुनै कसर बाँकी नराख्ने विद्यालयले जनाएको छ ।