बिर्तामोड,फागुन ६। इस्ट होराइजन स्कुलले हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा निदि स्कुललाई ३–२ गोल अन्तरले हराउँदै इस्ट होराइजनले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलको म्यान अफ द म्याच इस्ट होराइजनका जर्सी नं १७ का निर्जल मोहरा घोषित भए ।

त्यस्तै प्रतियोगितामा बेस्ट डिफेन्स इस्ट होराइजनका जर्सी नं ४ का आदित्य गोले , बेस्ट गोलकिपर इस्ट होराइजनकै प्रिन्स थाम्सुहाङ , बेस्ट फरवार्ड बाल्मीकिका जर्सी नं १० का दर्शन गुरुङ, इमर्जीङ प्लेयर आयोजक एभरेष्ट स्मार्टका प्रसुन गौतम , प्लेयर अफ द टुर्नामेन्ट इस्ट होराइजनका जर्सी नं ८ का आविष्कार लिम्बू , बेस्ट कोच इस्ट होराइजनका सरोज तामाङ, फेयर प्ले टीम देवकुल इङ्गिलस स्कुल, बेस्ट मिडफिल्डर निदिका उज्ज्वल जवेगु, हाइस्कोरर इस्ट होराइजनका जर्सी नं १० का निशान्त चौधरी घोषित भए ।

विजेता टीम तथा खेलाडीहरुलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ,नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र खरेल , न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँई , एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्मालगायतले ट्रफी तथा मेडल बितरण गरेका थिए ।

बिर्तामोड– ६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा शिक्षासेवी हरिकुमार प्रसाईंको संझनामा संचालित हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्