झापा, फागुन ६ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको वाट्सएप स्टोरीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको भाषण पोस्ट भएको छ ।

‘झापाबाट संजय अग्रवाल भन्ने व्यक्तिले फोन गरेर नागरिकता बनाउन धेरैले मोटो रकम बुझाउनुपर्ने अबस्था रहेको सुनाएको उनले संसदमा सुनाईन् ’ प्रजिअ अधिकारीको वाट्सएप स्टोरीमा यस्तो पोस्ट भएको हो । जुन कुरा रास्वपा सांसद गौतमले केही दिनअघि संसदमा बोलेकी थिइन् ।

आफ्नो वाटस्एपमा कसरी त्यो पोस्ट भयो भन्ने जानकारी नभएको प्रजिअ अधिकारीले बताए । उनले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रास्वपाका झापा जिल्ला सभापति उमेश खरेलले त्यो भनाई सांसद गौतमले संसदमा बोलेको जानकारी दिए । नागरिकता बनाउन मोटो रकम दिनुपर्ने बताएका संजय अग्रवाल कहाँका व्यक्ति हुन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्