झापा, फागुन ७ ।धनकुटाको जंगलमा एक महिलाको दुर्गन्धित शव फेला परेको छ ।

आज बिहान अन्दाजी ८ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मालबाँसेस्थित जंगलको घोर्ले भीरमा महिलाको दुर्गन्धित शव फेला परेको हो । तत्काल नाम थर, वतन र उमेर नखुलेको, रातो कालो बुट्टे सुरुवाल, खैरो हाईनेक, रातो बुट्टे सल लगाएकी महिलाको शव भीरमा अड्केको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएर घटनास्थल पुगेको र कानुनी प्रकृयालगायत थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्