झापा, फागुन ८ । विगत २० दिनदेखि बेपत्ता भएका झापा दमक २ बेलडाँगीका एक व्यक्तिको शव खोल्सामा फेला परेको छ ।

दमक २ बेलडाँगी घर भई हाल इलाम नगरपालिका ४ सिम्ले बस्ने वर्ष अन्दाजी ३६ का राजकुमार भनिने हर्कबहादुर सुब्बाको शव खोल्सामा फेला परेको हो । गत माघ १८ गतेदेखि घरबाट हिडेका सुब्बा बेपत्ता भएका थिए । घर फर्कि नआएपछि स्थानीयहरुले खोजतलास गर्ने क्रममा आज बिहान ९ः३५ बजे इलाम ४ सिम्लेस्थित नक्कले खोल्सामा उनको शव फेला परेको हो ।
उनी विगत ६ महिनादेखि इलाम ४ सिम्ले बस्ने छिनकुमार सेङ्मीको घरमा बसेर गाउँघरमा काम गर्दै आएका थिए । सुब्बाको शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ ।