प्रकाशचन्द्र दाहाल
झापा, फागुन ८ । बलिदान २ को सुटिङ सकिएको छ ।

‘बलिदान २’ नेपाली चलचित्र ’बलिदान’ को दोस्रो भाग हो । जसलाई आसुसेन फिल्म्स प्रोडक्शनले निर्माण गरेको हो । यस चलचित्रमा निर्देशक तथा निर्माता सन्तोष सेनले काम गरेका छन्। चलचित्रमा अभिनेता विराज भट्ट र समीर भट्टको मुख्य भूमिका रहेको छ। यो चलचित्र २०८२ को दशैमा रिलिज हुने योजना रहेको छ ।
