झापा, फागुन ८ । अवैधानिक ढंगले गर्न लागिएको वीरता जेसीजको निर्वाचन रोक्न अध्यक्षका प्रत्यासी दिवाकरलाल चौधरीले माग गरेका छन् ।

आफूले अध्यक्षका अर्का प्रत्यासी युवराज कुँवरमाथि दावी विरोध गरेको अबस्थामा त्यसउपर छानबिन नै नगरी निर्वाचन गराउन लागिएको भन्दै उनले निर्वाचन प्रक्रिया रोक्न माग गरेका हुन् । जवर्जस्ती निर्वाचन गराउन लागेपछि चौधरीले आज राति एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।उनले नियमसंगत विपरित चयन गरिने कार्यसमिति मान्य नहुने चेतावनीसमेत दिएका छन् । वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर , दिवाकरलाल चौधरी र सुरज चौधरीले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्