झापा, फागुन ९ । संखुवासभाको सभापोखरी ६ स्थित भित्री सडकखण्डमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे संखुवासभा सभापोखरी ६ स्थित भित्री सडकखण्डअन्तर्गत हन्सिगाउँनजिकै बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे २ त १९२९ नं को बालुवा लोड गरेको ट्रयाक्टर आफै अनियन्त्रित भई बाटोदेखि अन्दाजी ६० मिटर तल खोल्सीमा झरेर दुर्घटना भएको हो । दुर्घटनामा चालक संखुवासभा चैनपुर ६ बस्ने अन्दाजी बर्ष १८ का रबि बराईलीको मृत्यु भएको हो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा ल्याई उपचार गराउने क्रममा राति ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति ८ बजेतिर उदयपुरको उदयपुर गढी ७ अधेरीमा गाईघाटबाट बारा जाँदै गरेको ना.०८ ख २४०४ नम्बरको ट्रक र बिपरीत दिशा बाराबाट गाईघाट जन्ती लिएर आउँदै गरेको बा ०६–००१ख०१९५नम्बरको बस एक आपसमा ठोक्किदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अबस्था गंभीर रहेको छ । बारा जिल्ला बरागढी ४ बस्ने बर्ष ४५ का श्रीराम वछार , सोही ठाउँका बर्ष ५५ का वलिराम चौधरी, बर्ष २६ का दिपक चौधरी, बर्ष ७० का सिताराम चौधरी गम्भीर छन् । उनीहरुलाई उपचारको लागि नोवेल हस्पिटल बिराटनगर रेफर गरिएको छ ।

त्यस्तै रौतहट फदुवा बिजयपुर ११ बस्ने बर्ष ४५ का कपिलदेव राम चौधरी ,बारा जिल्ला बरागढी –४ बस्ने काशी चौधरी, सोही ठाउँ बस्ने बर्ष ५० का कृष्ण चौधरी, वर्ष ६१ का तुलसी शाह , वर्ष ३६ का लालबाबु चौधरी , बर्ष ५० का नन्दलाल शाह , बर्ष ६० राजबिर चौधरी, बर्ष ४५ का बिरेन्द्र चौधरी, बर्ष ५० का जितेन्द्र चौधरी , बर्ष ५० का बिरेन्द्र धामी, बर्ष ३४ का दिनेश चौधरी, बर्ष २५ का स्वयंवर देवान, बर्ष २५ का सफदा चौधरी, बर्ष १८ का विनोद गछाड, बर्ष १८ का प्रमोद माझी, बर्ष २६ का हिरालाल राम, बर्ष ५८ का रामबोल चौधरी, बर्ष ५८ का अनुथा चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्