झापा, फागुन ९ । इलाममा दुर्घटना भएर ट्रकमा आगलागी भएको छ ।

Lavc57.107.100


आज बिहान ७ः३० बजे माई नगरपालिका १० शेरास्थित भित्री सडकखण्डमा बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको ना ६ ख ६११८ नं.को खाली मिनी ट्रक टर्निङ मोड्ने क्रममा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । त्यसपछि ट्रकमा तेल पोखिएर ब्याट्री सर्ट भई आगलागी भएको छ ।

नेपाल प्रहरी, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट ट्रकको अगाडीको भाग जलेर नष्ट भएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्