गौरीगञ्ज, फागुन १० । झापाको दक्षिणी क्षेत्रमा पहिलोपटक असहाय व्यक्तिहरूका लागि भवन निर्माण हुने भएको छ ।

गौरीगञ्ज–२, वीरपुरस्थित माता पाथिभरा मन्दिर विकास समितिले भवन निर्माण गर्न लागेको हो । शुक्रबार एक समारोहका विच गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) र माता गुरुले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।समितिका अनुसार भवन निर्माणका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ । निर्माणको लागि आवश्यक बजेट स्थानीय धर्मावलम्बी र दाताबाट जुटाइने जनाइएको छ । समितिका अध्यक्ष नारायण कार्कीले समुदायको सहयोग बिना यस्तो समाजसेवी कार्य सम्भव नहुने बताउँदै सबैलाई हर तरहको योगदान गर्न आग्रह गरेका छन् ।

यो भवन निर्माण भएपछि परिवारबाट अपहेलित, आफन्तविहीन तथा राज्यबाट बेवास्ता गरिएका असहायको संरक्षण हुनेछ । समितिका सचिव पदमप्रसाद गुरागाईँका अनुसार गाउँमै यस्ता भवनहरू निर्माण हुनुले असहायहरूलाई सुरक्षित आश्रय दिनेछ ।स्थानीय बासिन्दाहरूले पनि यो भवन निर्माणले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्