झापा, फागुन १० । भारतको उडिसाबाट २० जना नेपाली विद्यार्थी पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल फर्किएका छन् । 

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि ती विद्यार्थी स्वदेश फर्किएका हुन् ।
फागुन ६ गतेदेखि १० गतेसम्ममा २० जना नेपाली विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फागुन ६ गते ६ जना , ७ गते ११ जना , ८ गते दुईजना र आज एकजना फर्किएका हुन् । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी ( केआईआईटी ) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्यापछि निष्काशित नेपाली विद्यार्थीहरु काँकरभिट्टा नाँका हुँदै आ–आफ्नो घरतर्फ गएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका छन् । कलेज प्रशासनबाट धाक धम्की र कुटपिट भएपछि आफूहरू पढाई छोडेर घर फर्किन बाध्य भएको विद्यार्थीले बताएका छन् ।


प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्