
झापा,फागुन ११ । मानव कल्याणका लागि पशु कल्याण पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै पशु अधिकारकर्मीले पशु कल्याण ऐन छिट्टै बन्नुपर्नेमा जोड दिएका छन् । स्नेहाज केयरद्वारा राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले हाल कानुन मन्त्रालयमा छलफलको क्रममा रहेको पशु कल्याण ऐन २०८१ बन्नुपर्ने जोड दिएका हुन् ।
स्नेहाज केयरले सन् २०१५ देखि सडक, बस्तीमा मानव दुव्र्यवहारमा परेका, सडक दुर्घटनामा परेका अलपत्र पशुको उद्धार, उपचार र संरक्षण गर्दै आएको छ । स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले आफ्नो घरमा पालेको कुकुरलाई छिमेकीले तातोपानी खन्याउने, कुट्नेलगायतका दुव्र्यवहार गरेपछि त्यसको कानुनी उपचार खोज्ने क्रममा पाएको असीमित दुःखपछि आफ्नो मुखले आफ्ना पीडा व्यक्त गर्न नसक्ने पशुमाथि हुने अत्याचारविरुद्ध बोल्छु भन्दै स्नेहाज केयरको सुरुवात गरेको बताइन् । उनले भनिन्, “पशु अधिकार र पशु कल्याण दुई फरक विषय हुन् । पशु कल्याण ऐनले पशुमाथि क्रुर र अमानवीय दुव्र्यवहार गर्न निरुत्साहित गर्छ तर पालेर बेच्नै नपाउनेबारे बोल्दैन ।”
पशु अधिकारकर्मी श्रेष्ठले भारत, अमेरिका, स्विडेन, जर्मनी, साइप्रसलगायतले पशु कल्याण ऐन जारी गरेर आफ्नो देशमा पशुमाथि हुने दुर्व्यवहार, हिंसालाई रोकेको तर कुकुर, काग, गाईलाई पुज्ने देश नेपालमा पशु कल्याण ऐन आउन ढिला भइरहनु विडम्बनापूर्ण अवस्था हो । कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा पशुपन्छीलाई पूजा गर्ने संस्कृति भए पनि मन्दिरमा बलि चढाउने, मनोरञ्जनका लागि साँढे जुधाउने कामलाई परम्पराकै नाममा निरन्तरता दिनु र बोल्न सक्दैनन् भन्दैमा पशुले थोरै गल्ती ग¥यो भने हदैसम्मको क्रूरतापूर्वक हिंसा गर्नुलाई सामान्य मान्ने प्रवृत्तिविरुद्ध पशु कल्याण ऐनको आवश्यकता रहेको बताइन् ।