झापा, फागुन १२ । इलाममा अटो पल्टिँदा बालकसहित दुई घाइते भएका छन् ।

आज बिहान ५ः३० बजे इलाम चुलाचुली ३ चाँजु पुलनजिक मदन भण्डारी लोकमार्गमा आइतवारेबाट तीनकुनेतर्फ जाँदै गरेको अटो आफै अनियन्त्रित भई दुर्घटना भएको हो । अटोमा सवार अटो चालक चुलाचुली– २ बागद्वार बस्ने दुर्गा सम्बाहाम्फेका अढाई वर्षका छोरा निम्सा सम्बाहाम्फे घाइते भई लाइफलाइन अस्पताल दमकमा उपचार भैरहेको छ ।

सोही अटोमा सवार चुलाचुली– १ बस्ने १७ वर्षीय कुशल लावती पनि घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ । अटो चालक दुर्गा सम्बाहाम्फे घाइतेहरुको उपचारमा संलग्न रहेको र अटो प्रहरी चौकी पेल्टीमारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्