बिर्तामोड, फागुन १२ । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा नं.–४ रातेखोला बस्ने ६० वर्षीय लिलाबहादुर कटवालको भान्साघरमा आगलागी भएको हो । आगलागीबाट काठ र जस्ताको छानो भएको एकतले भान्छाघर , भान्छा कोठाभित्र रहेको अन्नपात,भाँडावर्तन,काठपात पूर्णरुपमा जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा ७ः१० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्