झापा, फागुन १२ । इलामको चुलाचुलीमा अटो दुर्घटनामा परी घाइते भएका बालकको मृत्यु भएको छ ।

आज बिहान ५ः३० बजे इलाम चुलाचुली ३ चाँजु पुलनजिक मदन भण्डारी लोकमार्गमा आइतवारेबाट तीनकुनेतर्फ जाँदै गरेको प्र.१–०२–००३ ह १६६७ नं. को अटो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । अटोमा सवार अटो चालक चुलाचुली– २ बागद्वार बस्ने दुर्गा सम्बाहाम्फेका अढाई वर्षका छोरा निम्सा सम्बाहाम्फे र अटोमा सवार चुलाचुली– १ बस्ने १७ वर्षीय कुशल लावती घाइते भएका थिए ।
लाईफलाईन अस्पताल दमकबाट थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर गरिएका बालकको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शब सोही अस्पतालमा रहेको छ ।