
झापा,फागुन १३ । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । तेह्रथुमको खाम्लालुङ (हाल आठराई) मा जन्मिएका उनको ८१ वर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए । नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिकीकरण तथा शब्दकोश बनाउनमा उनको महत्त्वपूर्ण योगदान रहिआएको थियो ।
विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’ का ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहितका एक सयभन्दा बढी किताब लेखेका छन् ।