
झापा,फागुन १३ । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् । लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए । स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए । “लुङ्थुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”वडाध्यक्ष विष्टले भने,“यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिड्नु पर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।”
गाउँमा नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाइ स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताइन “गाउँ नै स्वास्थ्य एकाइ स्थापनाले सहजता थपिएको छ” उनले भनिन्,“हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ । ”स्वास्थ्य एकाइ स्थापनाले विरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टाँै धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ ।