झापा, फागुन १५ । झापा बिर्तामोडको बसपार्क पूर्वपट्टि एक जना पुरुषको दुर्गन्धित शव फेला परेको छ ।

आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको हो । त्यो शवको पहिचान हुन सकेको छैन । माथि जीउमा लुगा नभएको , जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अन्दाजी ४५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
करिव एक साताअघि ती व्यक्तिको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । केहीबेरअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेको छ ।