झापा , फागुन १५ । मेची राजमार्गमा बोलेरोमाथि रुख लडेर दुर्घटना भएको छ । 

बिहान ९ बजे इलाम नगरपालिका– १० घट्टास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जादैँ गरेको मे १ज १५९९ नम्बरको बोलेरो गाडी रोकिराकेको अवस्थामा रोडनजिकै घाँसको लागि रुख काट्ने क्रममा रुखको हाँगा बोलेरोमाथि झरेको हो ।

बोलेरो गाडीमा चालकसहित ५ जना सवार रहेका थिए । बोलेरो गाडीमा क्षति पुगेको तर गाडीमा सवार व्यक्तिहरुलाई केही नभएको इलाम प्रहरीले जनाएको छ । उक्त बोलेरो घाँस काट्ने व्यक्तिले मर्मत गरिदिने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्