गौरीगञ्ज, फागुन १६ । २०८३ पौष मसान्तसम्म बालमैत्री पालिका घोषणा गर्न झापाको गौरीगञ्ज गाउँपालिका लागिपरेको छ ।

पालिकाभित्रका सम्पूर्ण विद्यालयमा बालक्लब र ६ वटै वडामा बाल सञ्जाल गठन गरिसकेर पालिकास्तरीय बाल सञ्जालसमेत गठन भइसकेपछि अब बालमैत्री पालिका घोषणा गर्ने आधार तयार भएको हो । गौरीगञ्ज पालिकाको सभाहलमा भएको भेलाले याज्या श्रेष्ठको अध्यक्षतामा पालिकास्तरीय बाल सञ्जाल गठन गरेको हो । जसको उपाध्यक्षमा ज्ञानदेव राजवंशी , सचिव केन्जल कुँवर ,सह–सचिव जेम्स सोरेन ,कोषाध्यक्ष शान्ता राजवंशी तथा सदस्यहरुमा धनुषा गोस्वामी, विकेनकुमार गनगाई , जेम्स सोरेन , समीक्षा ताजपुरीया र प्रतिमा ताजपुरीया रहेका छन् । पालिकास्तरीय बाल सञ्जालको संरक्षकमा गाउँपालिका अध्यक्ष फूलवती राजवंशी रहेकी छन् ।
पालिका अध्यक्ष राजवंशी , प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा , वडा नं १ का वडाध्यक्ष कात्तिकलाल राजवंशी , ३ का वडाध्यक्ष श्रवण गिरी , वडा नं ४ का वडाध्यक्ष फेका गिरी , वडा नं ५ का कार्यवाहक वडाध्यक्ष देवनारायण गनगाईलगायतको उपस्थितिमा सो बाल सञ्जाल गठन गरिएको हो । पालिकाभित्रका विद्यालयहरुबाट बालक्लब गठन प्रक्रिया शुरु गरिएको थियो । त्यसक्रममा पालिकाका ४५ वटा विद्यालयमा बालक्लब गठन गरिएको बालमैत्री पालिका घोषणामा सहजीकरण गर्दै आएको विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड ३ सैनिकमोडका अर्जुनकुमार पाठकले बताए । त्यसपछि पालिकाको ६ वटै वडामा बाल सञ्जाल गठन गरिएको उनले जानकारी दिए ।
जसअन्तर्गत बाल सञ्जाल गौरीगञ्ज वडा नं. १ मा अध्यक्ष प्रितम राजवंशी , उपाध्यक्ष चन्द्रावती महतो , सचिव अलेक्स राजवंशी , सह–सचिव प्रवेश अधिकारी , कोषाध्यक्ष ज्ञानदेव राजवंशी तथा सदस्यहरुमा तुलसा शाह, धनुषा गोस्वामी, सोनिका महतो , सम्झना हास्दा रहेका छन् । त्यस्तै वडास्तरीय बाल सञ्जाल गौरीगञ्ज २ मा अध्यक्ष आदित्य अधिकारी,उपाध्यक्ष युनिसा खडका,सचिव दिलकुमार ताजपुरीया,सह–सचिव वितिशा पौडेल , कोषाध्यक्ष आरतीकुमारी महतो तथा सदस्यहरुमा शान्ता राजवंशी, प्राश्ना डोटेल, सुरेन्द्र मुर्मू , दिलकुमारी टुडू छन् भने वडास्तरीय बाल सञ्जाल गौरीगञ्ज ३ मा अध्यक्ष चित्रबहादुर खत्री,उपाध्यक्ष प्रियंशु श्रेष्ठ,सचिव खुश्बु राजवंशी ,सह–सचिव अजयकुमार महतो ,कोषाध्यक्ष विवेक राजवंशी तथा सदस्यहरुमा सारीका बुढाथोकी, रोहन नागवंशी,प्रदिप दाहाल, पुष्पा लिम्बू रहेका छन् । त्यस्तै वडास्तरीय बाल सञ्जाल गौरीगञ्ज ४ मा अध्यक्ष जेम्स सोरेन ,उपाध्यक्ष प्रतिमा ताजपुरीया, सचिव आयशा राजवंशी ,सह–सचिव दीपा ऋषिदेव ,
कोषाध्यक्ष आयुष ताजपुरीया तथा सदस्यहरुमा मेघराज कार्की , आर्यन ताजपुरीया ,दिविका ताजपुरीया,अमरलाल ऋषिदेव , वडास्तरीय बाल सञ्जाल वडा नं. ५ मा अध्यक्ष समीक्षा ताजपुरीया, उपाध्यक्ष दुर्गाकुमारी राजवंशी, सचिव विकेनकुमार गनगाई,सह–सचिव सुनिलकुमार गनगाई , कोषाध्यक्ष मणिराज सिंह तथा सदस्यहरुमा प्रितिकुमारी ताजपुरीया , गुल्सन ऋषिदेव, राधिकाकुमारी ताजपुरीया र अञ्जलीकुमारी गनगाई रहेका छन् । त्यस्तै वडास्तरीय बाल सञ्जाल वडा नं. ६ मा अध्यक्ष प्रकृति पाँचकोटी, उपाध्यक्ष प्रफुल्ल अधिकारी, सचिव संस्कृति धिताल, सह–सचिव याज्या श्रेष्ठ दंगाल, कोषाध्यक्ष प्रजिना सिंजापति तथा सदस्यहरुमा प्रिया यादव, किरण हास्दा, मोहित शाह, सबनम खातुन, निशान गौतम र मोहन राजवंशी रहेका छन् ।
तिनै वडास्तरीय बाल सञ्जालका प्रतिनिधिहरुबाट पालिकास्तरीय बाल सञ्जाल निर्माण गरिएको हो । प्रत्येक वडास्तरीय बाल सञ्जालबाट पाँच–पाँच जनाको दरले भेलामा प्रतिनिधित्व रहेको थियो । पालिकास्तरीय बाल सञ्जाल गठन गर्नुपूर्व विषयविज्ञ सुमन ढकालले बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा बालबालिकाहरुले विद्यालयको क्यान्टिनमा खैनी , चुरोट , गुट्का बिक्री वितरण गर्ने गरिएको , दिवा खाजामा फोहोरमैला हुने गरेकोतर्फ ध्यानाकर्षण गराएका थिए । विद्यालय परिसरमा खैनी , चुरोट , गुट्का बिक्री गर्न नदिने , १८ वर्षमुनिका बालबालिकालाई खैनी , चुरोट , गुट्का र रक्सी किन्न नपठाउने , बालश्रममुक्त व्यवसाय संचालन गर्नेजस्ता व्यवस्था कार्यान्वयन गर्न गराउन स्थानीय सरकार लागिपर्नु पर्नेमा जोड दिइएको थियो ।
नवगठित बाल सञ्जाललाई शुभकामना दिँदै पालिका अध्यक्ष राजवंशीले पालिकालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धतामा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् । उनले पालिकास्तरीय बाल सञ्जालले बालमैत्री पालिका घोषणामा अहम् भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत थापाले बालबालिकाहरुका लागि हटलाइनको व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले विद्यालयहरुमा देखिएका कमजोरी र बाल अधिकार उल्लंघन भए सुधार गर्दै जाने प्रतिवद्धता जनाउँदै बाल अधिकारका कुरा अनुशासित भएर उठाउन आग्रह गरेका थिए । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कात्तिकलाल राजवंशी , ३ का वडाध्यक्ष श्रवण गिरीले पनि शुभकामना दिएका थिए । पालिकास्तरीय बाल सञ्जालका अध्यक्ष याज्या श्रेष्ठले प्रतिवद्धता मन्तव्य गरेको कार्यक्रमको संचालन मनिता सुवेदीले गरेको बालमैत्री सहजकर्ता रुपा राजवंशीले जानकारी दिएकी छन् ।