झापा,फागुन १७ । फागुनको दोश्रो साता कटेपछि खुम्बु क्षेत्रमा हिमपात सुरु भएको छ । हिउँद याम (पुष–माघ) मा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो । गएराति देखि उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने जिल्लाको तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।
समुन्द्री सतहबाट ३४ सय ५० मिटरको उचाईमा रहेको नाम्चे बजारभन्दा माथिको क्षेत्रमा भारी हिमपात भएको छ ।
यो वर्षकै ठूलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । हिउपरेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीय छिमिकाल्देन शेर्पाले बताए । अहिले नाम्चे बजारमा करिब १ फिट हिउँ जमेको छ ।
हिउँ परेसँगै चिसो अधिक मात्रामा बढेकाले चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले बिहानैबाट हिमाली गस्ती सुरु गरेको छ । इलाका प्रहरी कार्यालय नाम्चेका असईको काण्डमा ७ जनाको टोलीले शनिबार बिहानैदेखि गस्ती थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।
प्रहरीले हिमाली बस्तीमा पुगरे चिसोका कारण भएको समस्याबारे बुझ्ने र जोगिन सल्लाह दिने गरिरहेको उनले बताए । जिल्लाको तल्लो क्षेत्रका डाँडाकाडा पनि हिमपातपछि सेताम्मे भएका छन् । दुधकुण्ड, पिकेडाँडा, रातनांगे र पत्तालेका डाँडाहरुमा हिउँ परेको छ । त्यस्तै दक्षिणी भेगमा वर्षा भएसँगै किसानहरु हर्षित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्