झापा, फागुन १८ । झापाको कचनकवल–६, बनियानीमा पुराणको प्रसाद खाएर १८ जना विरामी भएका छन् ।

पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाएर ३ जना बालबालिकासहित १८जना विरामी भएका हुन् । विरामीको संख्या बढ्दै गएको छ । हिजो बेलुका प्रसाद खाएकोमा आज बिहानदेखि उनीहरुलाई ज्वरो आउने , टाउको दुख्ने , बान्ता हुनेजस्ता समस्या देखिएको छ ।

बिहान साढे ११ बजे शुरुमा एकजना वृद्धा विरामी भएर आएकोमा त्यसपछि अरु पनि आउन थालेको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीका चिकित्सक डा. दिपेन राजवंशीले बताए । उनले स्वास्थ्य केन्द्र विरामीले भरिसकेको जानकारी दिए । भर्ना भएकामध्ये १२ जना निको भएको र केहीलाई रेफर गर्ने तयारी भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । विषाक्त प्रसाद चेकजाँच गर्न दाहालको घरमा स्वास्थ्यकर्मी पठाइएको उपाध्यक्ष भट्टराईले जानकारी दिए ।

विरामी पर्नेहरु निम्न रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्