झापा,फागुन २१ । पाँचथरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६ः५० बजे पाँचथर फाल्गुनन्द –७ माङमास्थित सुविधा डाँडा जंगलमा फाल्गुनन्द –५ सिरान टोल बस्ने ३६ वर्षीय वेनु नेम्वाङको भीरबाट लडेर मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको प्रहरीले जनाएको छ ।