झापा, फागुन २३ । केही मिनेटका लागि बच्चालाई स्कुल बस चढाउन जाँदा अर्जुनधाराको एक महिलाको घरमा लाखौंको चोरी भएको छ ।


हिजो बिहान अन्दाजी ९ः३० बजे अर्जुनधारा नगरपालिका वडा न.६ दासपुल नजिक बस्ने लक्ष्मी संग्रौलाको २ तले घरको माथिल्लो तलाबाट धनमाल चोरी भएको हो । लक्ष्मी संग्रौलाकी बुहारी इन्दिरा रिजाल संग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउनको लागि गएकी थिइन् ।

उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको बिभिन्न गर–गहना अन्दाजी ९ तोला बराबर र चाँदी अन्दाजी ३ तोला समेत गरी अन्दाजी १५ लाखबराबरको धनमाल चोरी भएको हो । चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्