झापा, फागुन २३ । रोकी राखेको बसको पछाडि ठोक्किएर सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

आज बिहान १.१० बजे सुनसरी गढी गाउँपालिका वडा न. ४ धुरा टोलस्थित छिटाहा– बिराटनगर सडकखण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र १–०२–०४५ प ५००१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकी राखेको प्र २–०१–००१ क ००५१ नम्बरको बसको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षका प्रमोदकुमार मेहता र पछाडि सवार अन्दाजी २२ वर्षका अरबिन्द मेहता घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारका क्रममा चालक प्रमोदकुमारको बिहान २;५० बजे मृत्यु भएको हो ।
अरबिन्दको नोबेल अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि बस र बस चालक सप्तरी डाकनेश्वरी नगरपालिका वडा नं. ९ बस्ने ४२ वर्षीय दिपककुमार मण्डललाई इलाका प्रहरी कार्यालय छिटाहाले नियन्त्रणमा लिएको छ ।