झापा, फागुन २३ । प्रतिबन्धित लागूऔषध गाँजासहित एक व्यक्ति मोरङमा पक्राउ परेका छन् ।

हिजो साँझ मोरङ जहदा– २ हरिनगरा टोलमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मधुमल्लाबाट खटिएको टोलीले पैदल हिड्दै गरेका जहदा–२ बस्ने ४० वर्षीय दिनेश राजभरलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उनको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको जनाइएको छ ।