झापा, फागुन २३ । बोधी चित्तको दानासहित चन्द्रगढी विमानस्थलबाट पक्राउ परेका सानुबाबु तामाङमाथि अदालतबाट म्याद थप गरी डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

डिभिजन वन कार्यालय झापाले अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । हिजो चन्द्रगढी विमानस्थलबाट काठमाण्डौ जान लागेका काभ्रेपलान्चोक साविक ठुलोपर्साल गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने ५२ वर्षीय तामाङले बोकी ल्याएको झोला तथा सुट्केस विमानस्थल सुरक्षागार्डमा खटिएका प्रहरी कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा कागजपत्र,बिलबिनाको बोधी चित्तको माला ११० थान ,.बोधी चित्तको दाना १५ किलो बरामद भएको थियो ।

वन ऐनले बोधी चित्तलाई कृषि उपजसरह मानेको छ । बोधी चित्तको ओसारपसार गर्न प्रतिवन्ध नरहेको बताइएको छ । भारतको सिलिगुडीमा पसल रहेका तामाङको पसलमा बिक्री नभएका बोधी चित्तको दाना उनले काठमाण्डौ लैजान लागेको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्