झापा, फागुन २३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ राजावासस्थित मदन भण्डारी राजमार्गमा अटोसंग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको चालकको मृत्यु भएको छ ।

आज साँझ करिब ५.३० बजे मथाने टोलमा प्रदेश १–०५–००१ ह ०३१० न. को अटोले बाटो काट्ने क्रममा काठमाण्डौबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका ७ का वाराङगी बस्ने २६ बर्षिय अजय लिम्बूको मृत्यु भएको हो । लिम्बूको छाती र पेटमा चोट लागेको थियो । उपचारको लागि तत्काल जिल्ला हस्पिटल उदयपुर पुर्याएकोमा साँझ ६.४० बजे लिम्बूको मृत्यु भएको हस्पिटलले घोषणा गरेको थियो । लिम्बूको शव जिल्ला हस्पिटल उदयपुरमै राखिएको छ ।

अटो चालक त्रियुगा नगरपालिका ७ बस्ने ३८ बर्षीय भुसेलाल दनुवारसहित मोटरसाइकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्