झापा, फागुन २६ । संखुवासभामा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

संखुवासभा खाँदबारी– १० टाट्ने वेशी बस्ने अन्दाजी ७५ वर्षकी योङचुङगेलि राई नाम बताउने गरेको महिला हिजो शुक्रबारे बजारबाट घर फर्किने क्रममा शिवालय भीरबाट अन्दाजी ४ सय फिट तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएको र शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।