झापा, फागुन २६। विभिन्न आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले बुझाएको राजीनामा स्वीकृत भएको छ ।

उनले पार्टीको केन्द्रीय समितिलाई बुझाएको राजीनामा हिजो स्वीकृत भएको जिल्ला समितिका एक पदाधिकारीले जानकारी दिए । खरेलको राजीनामा स्वीकृत भएको जानकारी प्रदेश समितिले जिल्ला समितिलाई गराएको उनले बताए । तर, अनुशासन आयोगको प्रक्रिया जारी रहेको उनले जानकारी दिए । जिल्ला समितिमा उजुरी परेपछि त्यही उजुरीका आधारमा अनुशासन आयोगले प्रदेश समितिलाई सिफारिस पठाएको थियो । सम्बन्धित पीडितसंग बुझेर रायसहितको सिफारिस केही दिनअघि आयोगले पठाएको थियो ।

जिल्लामा अर्जुन उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय अनुशासन आयोग रहेको छ । सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्