झापा, फागुन २६ । भारतबाट मलद्वारभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा एकजना पक्राउ परेका छन् ।

आज साँझ ५ बजे भद्रपुर नगरपालिका –५ मेची बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका पैदलयात्री पाँचथर फिदिम नगरपालिका वडा न. ४ बस्ने २० वर्षीय पारस राजवंशी लागूऔषधसहित पक्राउ परेका थिए ।

चेकजाँच गर्ने क्रममा राजवंशीले मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाएर ल्याउँदै गरेको ५ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्