झापा, फागुन २६ । चार दिनअघि कारको ठक्करबाट घाइते भएका मोरङ बिराटनगर ४ बस्ने २४ वर्षीय किसान राजवंशीको निधन भएको छ ।

नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आज साँझ ६.३० बजे मृत्यु भएको हो । फागुन २२ गते राति ११ः५५ बजे बिराटनगर –३ दुध फारमनजिक कोशी राजमार्गमा को १ च ७११८ नम्बरको कारले ठक्कर दिई उनलाई घाइते बनाएको थियो । कार र चालक बिराटनगर ४ बस्ने ५४ वर्षीय पुष्प सुनुवारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्