बिर्तामोड, फागुन २७ । मध्यरातमा झापाको बिर्तामोडमा तरबारसहित ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् ।

राति १२.४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई÷पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । ग्याङफाइटमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे , वडा नं ४ बस्ने अजय खवास र वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी घाइते भएका छन् । आङ्दम्बेको गालाको बायाँ साइडमा काटिएको ,अबस्था गम्भीर ,खवासको बायाँ हातको माझी औला काटेको , अबस्था सामान्य र राजवंशीको अनुहार र खुट्टामा चोट लागेको बताइएको छ । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

अचानक बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४÷५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । घटना संलग्न मानिसहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्