झापा, फागुन २७ । माछा मार्न जंगल गएका मोरङ लेटाङ –९ बाह्रकोठे बस्ने ४२ वर्षीय मनबहादुर लिम्बूको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

हिजो बिहान माछा मार्न हिँडेकोमा घर फर्की नआएपछि परिवार र छरछिमेकले खोजी गर्ने क्रममा गएराति ९ः२० बजे घरदेखि ५–६ किलोमिटर दक्षिणमा रहेको जंगलमा मृत अबस्थामा फेला परेका थिए । कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा पठाएको प्रहरीले जनाएको छ ।