झापा, फागुन २७ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले सहारा नेपालद्वारा संचालित विभिन्न परियोजनाहरुको अवलोकन गरेकी छन् ।

झापाको मेचीनगरमा संचालन भइरहेको बाँस ट्रिटमेन्ट सेन्टर , कन्काईमा रहेको सर्पदंश उपचार केन्द्र , इमर्जेन्सी रेस्पोन्स सेन्टरको हिजो अवलोकन गरी उनले सहारा नेपालको टीमसंग सामूहिक छलफल गरेकी थिइन् ।
त्यस्तै आज उदयपुरमा संचालन भइरहेका परियोजनाहरुको अवलोकन गरेको सहारा नेपालका कार्यक्रम फोकल पर्सन मातृका सुवेदीले जानकारी दिएका छन् ।