झापा, फागुन २८ । बहुविवाह मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा ६ बस्ने ३६ वर्षीय संजित प्रधान पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.४५ बजे जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलीले ११ महिना ८ दिन कैद र रु.५ पाँच हजार जरिवाना तोकिएका बहुविवाह मुद्दाका फरार प्रतिवादी प्रधानलाई उनकै घरबाट पक्राउ गरेको हो ।

आवश्यक कारबाहीको लागि अड्डासार गर्दै प्रधानलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्