झापा, फागुन २८ । पार्टी परित्याग गरेका नेपाली कांग्रेसका पुराना कार्यकर्ता पशुपति दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनले हिजो फागुन २७ गते रास्वपाको सदस्यता लिएका हुन् । शिवसताक्षी नगरपालिका–११, झिलझिले निवासी दाहालले आफ्नो फेसबुकमार्फत कांग्रेस छोडेको घोषणा गरेका थिए ।

स्रोतका अनुसार दाहाल २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवार बन्न चाहन्थे। तर, नेपाली कांग्रेसले टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्