झापा,फागुन २८ । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फाइट अगेन्स्ट नार्कोटिक्स’ अभियान सुरु भएको छ ।
‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार बिहान इटहरीमा उद्धघाटन गरे । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।
६ वर्षअघि सुनसरीबाट सुरु भएको दुव्र्यसनविरुद्धको अभियान बुधबारदेखि कोशी प्रदेशभरमा विस्तार गरिएको हो । सुनसरी प्रहरी प्रमुख हुँदा अभियानको परिकल्पना गरी लागू गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछि अभियानलाई प्रदेशव्यापी बनाइएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरुले वार्षिक कार्ययोजनामै समेटर साथ दिएको डिआईजी अधिकारीले बताए ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताउँदै यसको माध्यमबाट दुव्र्यसनको समस्या समाधानमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्